१ वर्षमा ५ हजार किलोमिटर साइकल यात्रा पूरा गर्दै युवा व्यवसायी पाण्डेयको प्रेरणादायी उपलब्धि

अत्तरिया- युवा व्यवसायी हिमाल देसराज पाण्डेयले एक वर्षको अवधिमा ५ हजार किलोमिटर साइकल यात्रा पूरा गर्दै प्रेरणादायी उपलब्धि हासिल गरेका छन् ।

Dadeldhura hospital

उनको यात्रा कर्णाली ब्रिजबाट सुरु भई महेन्द्रनगर, पुनर्वास, धनगढी, गोदावरी, भासुभिर, खानिडाँडा, बुढीतोला, हाटखोली, फूलबारी हुँदै बर्दियाको ठाकुरद्वारासम्मका विभिन्न स्थानहरू पार गर्दै सम्पन्न भएको हो।

godawari10 Mahila hinsa
Navadurga sun
Godawari sandesh

लामो दूरी र चुनौतीपूर्ण भू–भाग पार गर्दै सम्पन्न गरिएको उक्त यात्राले उनको दृढ इच्छाशक्ति, अनुशासन र निरन्तर मेहनतको उदाहरण प्रस्तुत गरेको छ। यस यात्राले स्वस्थ जीवनशैली, आत्मविश्वास र सकारात्मक सोचको सन्देश समेत दिएको छ।

उनको यो उपलब्धिले युवापुस्तालाई प्रेरणा दिने विश्वास गरिएको छ भने भविष्यमा अझ ठूला लक्ष्य हासिल गर्न ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Loading...