आज देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशभर आज मौसम आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार बिहानदेखि नै हिमाली र पहाडी भू-भागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रको मौसम भने मुख्यतया सफा रहने जनाइएको छ।

दिउँसोको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन रहने सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

Loading...