


डडेल्धुरा- डडेल्धुरामा झाडापखाला लागेका बालकको मृत्यु भएको छ । झाडापखला लागेका परशुराम नगरपालिका–२ का ७ वर्षीय बालक युवराज बुढामगरको मृत्यु भएको हो ।



स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले नगरपालिकाको स्वास्थ्य शाखालाई उद्धृत गर्दै बुढामगरको झाडापखलाका कारण मृत्यु भएको पाइएको बताए ।


उनकाअनुसार बालकले उसिनेको आलु खाएपछि पखला लागेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको पाइएको छ ।
मृतककी आमा र अन्य तीन बालबालिकाको भने जोगबुढा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयकाअनुसार अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य छ ।





