


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा १० जना बिपन्न एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको छ।



मानव अधिकारका लागि महिला, एकल महिला समूहको आयोजनामा तथा वडा कार्यालयको आर्थिक सहयोगमा उक्त वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडाभित्रका आर्थिक रूपमा कमजोर एकल महिलाहरूलाई लक्षित गरी बाख्रा हस्तान्तरण गरिएको थियो ।


एकल महिला नगर सचिव रितु खड्काका अनुसार यस कार्यक्रमले एकल महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
बाख्रा वितरण कार्यक्रम सोही वडामा रहेको कृष्ण आधारभूत विद्यालयको प्राङ्गणमा एक कार्यक्रमका बीच आयोजना गरिएको थियो।





