कैलाली उवासंघद्वारा त्रिनगर–गौरीफन्टा नाकामा अनुगमन, किनमेलका लागि भारत जाने नेपाली ९०% घटे

धनगढी- कैलाली उद्योग वाणिज्य संघले त्रिनगर–गौरीफन्टा नाकामा गरेको अनुगमनमा भारतीय सीमावर्ती बजारमा किनमेलका लागि जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको पाइएको छ। संघका अध्यक्ष पुष्करराज ओझाका अनुसार नयाँ भन्सार नियम कडाइका साथ लागू भएपछि किनमेलका लागि सीमा पार गर्नेको संख्या ८० देखि ९० प्रतिशतसम्मले घटेको देखिएको छ।

Ganyapdhura gau

संघको टोलीले सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग पनि छलफल गरेको थियो। दुवै पक्षले रोजगारीका लागि आवतजावत हुनेबाहेक किनमेलका लागि सीमा पार गर्नेको संख्या तीव्र रूपमा घटेको पुष्टि गरेका छन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ओझाले भन्सार नाकामा मात्र नभई खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध आयात रोक्न सबै निकायले कडाइ गर्नुपर्नेमा जोड दिए। साथै, दीर्घकालीन समाधानका लागि स्वदेशमै उत्पादन वृद्धि गर्नुपर्ने उनले बताए। उनका अनुसार उत्पादन बढेमा उपभोक्ताले सस्तो र गुणस्तरीय सामान पाउने, रोजगारी सिर्जना हुने र अर्थतन्त्र मजबुत बन्नेछ।

संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्था कार्यान्वयन भएकोमा स्वागत गरेका छन्। उनले नेपाली व्यवसायीहरूलाई यो अवसरका रूपमा लिँदै उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए।

भन्सार महसुल ऐन, २०८१ अनुसार स्थलमार्गबाट भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा कर तिर्नुपर्ने प्रावधान छ, जुन नयाँ सरकार आएपछि कडाइका साथ लागू गरिएको छ।

Couple
Loading...