कैलाली प्रशासनको नयाँ सेवा: राहदानी अब घरमै

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ। संघीय सरकारको नीति अनुसार राहदानी, नागरिकता तथा राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

कार्यालय प्रमुख हिरालाल रेग्मीका अनुसार पहिलो दिनमै करिब दुई सय सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको छ। यससँगै अब सेवाग्राहीले लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ।

Navadurga sun
Godawari sandesh

उनले कार्यालयबाट प्रदान गरिने सेवाहरू क्रमशः घरमै पु-याउने लक्ष्यसहित काम अघि बढाइएको जानकारी दिए। हाल राहदानीबाट सुरु गरिएको यो सेवा विस्तार गर्दै अन्य सेवाहरू पनि घरमै उपलब्ध गराउने तयारी भइरहेको छ।

यस पहलले सेवा प्रवाहलाई अझ छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी टाढाटाढाबाट सेवा लिन आउने नागरिकका लागि यो व्यवस्था निकै उपयोगी हुने देखिएको छ।

Couple
Loading...