गोदावरी नगरपालिकाको नगरसभाको १७औँ अधिवेशन सुरु

अत्तरिया- कैलालीको अत्तरिया स्थित गोदावरी नगरपालिकाको नगरसभाको १७औँ अधिवेशन सुरु भएको छ । आर्थिक वर्ष २०८३/०८४ का लागि आयोजना गरिएको उक्त अधिवेशन अन्तर्गत पहिलो दिन बन्द सत्रको पहिलो बैठक सम्पन्न भएको छ ।

Dadeldhura hospital

नगर कार्यपालिकाको कार्यालयमा आयोजित बैठकमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तयारी, तथा नगर विकाससम्बन्धी विभिन्न विषयमा छलफल गरिएको जनाइएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

नगरपालिकाले अधिवेशनमार्फत स्थानीय आवश्यकता अनुसार विकास योजनालाई प्राथमिकता दिँदै प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ । साथै, नगरसभाबाट विभिन्न महत्वपूर्ण निर्णयहरू पारित हुने अपेक्षा गरिएको छ ।

Loading...