महेन्द्रनगर नगरपालिका नाम पुनर्स्थापनाको माग गर्दै युवाहरूको अभियान सुरु

कञ्चनपुर- गणतन्त्र स्थापनापछि कञ्चनपुरको महेन्द्रनगर नगरपालिकाको नाम परिवर्तन गरी भीमदत्त नगरपालिका राखिएको विषयमा असन्तुष्टि जनाउँदै स्थानीय युवाहरूले पुरानो नाम पुनःस्थापना गर्न माग गर्दै अभियान सुरु गरेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

युवाहरूले “महेन्द्रनगर नगरपालिका” नाम पुनः कायम गर्नुपर्ने भन्दै स्थानीय बासिन्दाबाट समर्थन संकलन गर्ने कार्य अघि बढाएका छन्। उनीहरूले यो अभियान एक महिनासम्म सञ्चालन गर्ने र संकलित हस्ताक्षरहरू संघीय सरकारसमक्ष पेश गर्ने बताएका छन्।

Navadurga sun
Godawari sandesh

अभियानकर्ताहरूका अनुसार नाम परिवर्तनले महेन्द्रनगरको ऐतिहासिक पहिचान र सांस्कृतिक महत्व ओझेलमा परेको छ। त्यसैले पुरानो नाम पुनर्स्थापना गरेर स्थानीय पहिचान जोगाउनुपर्ने उनीहरूको तर्क छ।

यता, अभियानले स्थानीय तहमा बहस सिर्जना गरेको छ भने विषयबारे विभिन्न पक्षबाट मिश्रित प्रतिक्रिया पनि आउन थालेका छन्।

Loading...