गुर्गी सिँचाइ बाँध निर्माण अन्योलमा, किसान आक्रोशित

धनगढी- कैलारी गाउँपालिका मा अवस्थित ऐतिहासिक गुर्गी सिँचाइ बाँध निर्माण कार्य अन्योलमा परेको भन्दै स्थानीय किसानहरूले आक्रोश व्यक्त गरेका छन्।

गुर्गी सिँचाइ बाँध निर्माण संघर्ष समितिले शुक्रबार धनगढी मा पत्रकार सम्मेलन गर्दै लामो समयदेखि योजना कार्यान्वयनमा ढिलाइ भएकोमा चिन्ता जनाएको हो।

godawari10 Mahila hinsa
Navadurga sun

समितिका संयोजक बाबुराम चौधरी का अनुसार हजारौँ किसानको जनजीविकासँग जोडिएको यो सिँचाइ आयोजना पटक–पटक चर्चामा आए पनि कार्यान्वयनमा प्रगति हुन सकेको छैन। सरकारले बजेट विनियोजन गरे पनि काम अघि नबढ्दा किसानहरू निराश बनेका छन्।

Dadeldhura hospital

उनले प्रदेश सरकारले सुरुमा योजना समावेश गरे पनि पछि एकाएक कटौती गरेको भन्दै स्थानीयहरू चिन्तित भएको बताए।

चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले गुर्गी सिँचाइ आयोजनाका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो। साथै, कैलारी गाउँपालिका–७ स्थित बसन्ता र नारायणपुर जोड्ने कटेनी नदीमा पक्की पुल निर्माणका लागि ५५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

तर, आर्थिक मामिला मन्त्रालयको पछिल्लो निर्णयपछि सिँचाइ बाँध र पुल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित नभएपछि योजना अनिश्चित बनेको स्थानीयहरूको भनाइ छ। यसले हजारौँ किसानको भविष्यमा प्रत्यक्ष असर पर्ने उनीहरूको निष्कर्ष छ।

किसानहरूले सिँचाइलाई आफ्नो मौलिक अधिकारका रूपमा उठाउँदै खाद्य सुरक्षा र रोजगारी सुनिश्चित गर्न माग गरेका छन्।
“सिँचाइ आयोजना माग्नु भीख होइन, अधिकार हो,” संयोजक चौधरीले पत्रकार सम्मेलनमा भने।

पत्रकार सम्मेलनमा गुर्गी बाँध सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष भीमाराज चौधरी ले तत्काल निर्माण कार्य अघि बढाउन माग गर्दै माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Loading...