बैतडीमा वैशाख २ देखि आर्थिक गणना सुरु, २० जना जनशक्ति खटिँदै

बैतडी- आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका लागि बैतडीमा २० जना गणक तथा सुपरीक्षेक खटिने भएका छन्।

दोस्रो आर्थिक गणनाका लागि यहाँ तीन सुपरीवक्षेक र १७ जना गणक खटिने भएका हुन्। जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जिल्लाका १० वटै स्थानीय तहमा खटिने गणक तथा सुपरीवक्षेक छनोट कार्य सकिएको बताए। छनोट भएकाहरूका लागि पाँचदिने तालिम चैत २६ गतेदेखि सञ्चालन भइरहेको उनले जानकारी दिए।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

तालिमले गणक र सुपरीवेक्षकलाई आर्थिक तथ्याङ्क सङ्कलन कार्यमा थप दक्ष बनाउँदै गणनालाई प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने गिरीले विश्वास व्यक्त गरे। उनका अनुसार ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ वैशाख २ गतेदेखि असार ७ गतेसम्म  दोस्रो आर्थिक गणना सुरु हुँदैछ। 

गणनामा आर्थिक विवरणदेखि उद्योगहरूबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सृजनाको अवस्था सङ्कलन गरिने कार्यालयले जनाएको छ।

राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिने जिल्ला आर्थिक गणना अधिकारी गिरीले बताए।  रासस

Loading...