उपचारका क्रममा फरार भएका लागूऔषध मुद्दाका थुनुवा पुनः पक्राउ

धनगढी- धनगढीका ३२ वर्षीय मुकेश राना, जो लागूऔषध (ब्राउन सुगर) मुद्दामा थुनामा थिए, उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएका बेला प्रहरी निगरानीबाट फरार भएका थिए। उनलाई मिर्गी आएपछि अस्पताल लगिएको थियो।

Ganyapdhura gau
Dadeldhura hospital

तर, उपचारकै क्रममा होस खुलेपछि शुक्रबार राति करिब ८:४५ बजे अस्पतालबाट भागेका थिए। त्यसपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो।

Navadurga sun
Godawari sandesh

अन्ततः उनी भारततर्फ भाग्दै गर्दा धनगढी–९ बाङ्ग्रा कटान क्षेत्रबाट पक्राउ परे। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार उनलाई राति करिब ९ बजे नियन्त्रणमा लिइएको जनाइएकाे छ। उनी २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

Couple
Loading...