गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयबारे समन्वय समितिको महत्वपूर्ण छलफल

लक्ष्मी भट्ट/अत्तरिया- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको दोस्रो परिषद् बैठकमा प्रस्तुत गरिने विषयवस्तुबारे समन्वय समितिको तर्फबाट आज चैत २२ गते अत्तरियास्थित दुर्गा मन्दिरको प्राङ्गणमा छलफल सम्पन्न भएको छ। उक्त कार्यक्रम लोकराज पाण्डेको संयोजकत्वमा आयोजना गरिएको थियो।

Dadeldhura hospital

छलफलमा समन्वय समितिले विगतमा ‘संघर्ष समिति’को नाममा सडक आन्दोलन गरेको उल्लेख गर्दै अब भने रचनात्मक आन्दोलनमार्फत अगाडि बढ्ने निर्णय गरेको जनाएको छ। साथै, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको शालिक स्थापना गर्ने तथा पार्क र खेलमैदान निर्माण गर्नुपर्ने माग दोस्रो परिषद् बैठकमा राख्ने निर्णय गरिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएसँगै यस क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगारीमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरिएको छ। यद्यपि, नियमावली र कार्यविधि जस्ता कानुनी प्रक्रियाका कारण विश्वविद्यालय स्थापनामा ढिलाइ भएको निष्कर्ष निकालिएको छ।

समन्वय समितिले अब आक्रामक आन्दोलन नगरी रचनात्मक तरिकाबाट शिक्षा तथा स्वास्थ्य मन्त्रीसमक्ष आफ्ना समस्या प्रस्तुत गर्ने निर्णय गरेको छ। आज भएका यी सबै निर्णयहरू विश्वविद्यालयको दोस्रो परिषद् बैठकमा पेश गरिने जनाइएको छ।

Loading...