महिला टी–२० क्रिकेटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा




काठमाडौँ, ३० असाेज– नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी छनौट गरेको छ ।



आगामी नोभेम्बरमा युएईमा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ ।


क्यानले छनोट गरेको टोलीमा कप्तान रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गीता राई, सरस्वती चौधरी छन् ।
त्यसैगरी अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, ईश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् । क्यानले काठमाडौँमा टिमको अन्तिम चरणको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट सुरु हुने जनाएको छ ।



