

धनगढी- दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा भएको जिप दुर्घटनामा घाइते तीन जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।



आज बिहान सिँचाइ कार्यालय दार्चुलाले भाडामा प्रयोग गरेको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटनामा परेको थियो। जिपमा ६ जना सवार थिए।


दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितरा रहेका छन्।
घाइतेमध्ये अकबर महरा, चालक प्रकाश ठगुन्ना र मीनबहादुर पाललाई हेलिकप्टरमार्फत धनगढी ल्याई माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते बिक्रम महरा भने सामान्य अवस्थाका छन् र उनको दार्चुलामै उपचार भइरहेको छ।