बर्दियामा झडप: हवाई फायर र अश्रुग्यास प्रयोग, १० सुरक्षाकर्मी घाइते

बर्दियामा लागुऔषध कारोबारविरुद्ध भएको प्रदर्शनका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

Ganyapdhura gau

गुलरिया नगरपालिका–११, गणेशपुर क्षेत्रमा भएको उक्त घटनामा केही स्थानीयसँगै १० जना सुरक्षाकर्मी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बल प्रयोग गर्नुपरेको हो। घाइतेमध्ये नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरीका ३ जना रहेका छन्। प्रहरी सहायक हवलदार सन्तोष विकको अवस्था गम्भीर रहेको छ र उनको जिल्ला अस्पताल बर्दियामा उपचार भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसअघि लागुऔषध ओभरडोजका कारण दुई स्थानीय युवकको मृत्यु भएपछि आक्रोशित स्थानीयले नेपालगन्ज–गुलरिया सडक खण्ड अवरुद्ध गरेका थिए। मृतक गुलरिया–११ का सुरेश खटिक र बोहरन खटिक रहेको बताइएको छ। घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ।

पछिल्लो समय भारतीय सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर र कोरेक्सजस्ता लागुऔषध भित्रिने क्रम बढेपछि समस्या गम्भीर बन्दै गएको स्थानीयको गुनासो छ। एउटै परिवारका दुई जनाको ज्यान गएपछि स्थानीयले सीमा नाका बन्द गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका हुन्।

स्थानीय अगुवाहरूका अनुसार सीमावर्ती भारतीय बजारमा अवैध लागुऔषध खुला रूपमा बिक्री भइरहेकाले नेपाली युवाहरू त्यसको चपेटामा परिरहेका छन्। त्यसैले नाका पूर्ण रूपमा बन्द गरी लागुऔषध कारोबारीमाथि कडा कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

Couple
Loading...