चुरे गाउँपालिकामा ‘चुरे आइडल’ सम्पन्न, विनोद सुनार प्रथम

अत्तरिया- कैलालीको चुरे गाउँपालिकामा “चुरे आइडल” कार्यक्रम सम्पन्न भएको छ । ई एल नेपाल प्रालिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

Ganyapdhura gau

कार्यक्रमका संयोजक गणेश नाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी प्रमुख अतिथि रहनुभएको थियो भने उपाध्यक्ष धनादेवी थापा विशिष्ट अतिथि रहनुभएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशोर जोशी, विभिन्न विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा गायक ध्वज बहादुर महरा, सौगात ओझा र गायिका धन्सरा साउद रहनुभएको थियो । कार्यक्रम सञ्चालन नरेश नाथ योगी र गणेश बिष्टले गर्नुभएको थियो ।

प्रतियोगितामा विनोद सुनार प्रथम, हिमानी थापा मगर द्वितीय, एन्जल सुर्जा मगर तृतीय, भवानी चौथो तथा प्रतीज्ञा कडेल पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् ।

Couple
Loading...