रचनावाचकको अभावले प्रतिभा संगम कार्यक्रम स्थगित

अत्तरिया- प्रतिभा पुस्तकालयबाट नियमित रूपमा आयोजना हुँदै आएको “प्रतिभा संगम” साहित्यिक रचनावाचन कार्यक्रम प्रत्येक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको छ। यस कार्यक्रममार्फत यस क्षेत्रका साहित्यिक प्रतिभाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर मिल्ने, साहित्यिक विकास हुने तथा नयाँ प्रतिभाहरू उत्पादन हुने विश्वास गरिएको छ।

तर विडम्बना, आज आयोजित कार्यक्रममा साहित्यिक प्रतिभा तथा रचनावाचकहरूको कमी भएपछि कार्यक्रम स्थगित गर्नुपरेको छ। प्रतिभा संगम जस्तो साहित्यिक विकासमा टेवा पुर्‍याउने कार्यक्रममा रचनावाचकहरू उपस्थित नहुनु दुखद तथा चिन्ताजनक संकेत भएको बताइएको छ।

Navadurga sun

कार्यक्रममा उपस्थिति किन कम भयो भन्ने विषयमा छलफल गरी अर्को महिनाको अन्तिम शनिबार कार्यक्रम पुनः आयोजना गर्ने निर्णय गरिएको पुस्तकालयका अध्यक्ष भूपेश जोशीले जानकारी दिनुभयो। उनी

साथै पुस्तकालयमा दैनिक पाठकहरूको संख्या पनि अपेक्षाकृत नबढेको भन्दै आगामी दिनमा पाठक संख्या बढाउन ठोस पहल तथा कार्यक्रमहरू आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...