कैलाली–४ मा आनन्द बिष्टको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद

अत्तरिया- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार आनन्द बिष्ट ले चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा उनले गोदावरी नगरपालिका–२ केन्द्रित घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका हुन्। घर–घर पुगेर समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने शैलीले स्थानीयमा सकारात्मक प्रभाव परेको बताइएको छ।

Dadeldhura hospital

घरदैलोका क्रममा बुद्धिजीवी, युवा, महिला तथा अग्रजहरूले बिष्टलाई स्वागत गर्दै विजयको शुभकामना दिएका छन्। पछिल्ला दिनहरूमा ‘रुख’ चुनाव चिन्हप्रति आकर्षण बढ्दै गएको स्थानीयहरूको भनाइ छ, जसले नेपाली कांग्रेस का पक्षमा माहोल बन्ने संकेत देखिएको छ।

Navadurga sun
Godawari sandesh

अभियानमा क्षेत्रीय सभापति बसन्त रोकाया (ललित) र युवा परिचालन संयोजक कमल कडायत लगायतका नेता सक्रिय रूपमा खटिएका छन्। उनीहरूले पार्टी संगठनको समन्वय र अनुशासनका कारण अभियान प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गरेका छन्।

स्थानीय विश्लेषण अनुसार गोदावरी नगरपालिका, चुरे गाउँपालिका र गौरी गंगा नगरपालिका क्षेत्रमा बिष्टको पक्षमा जनसमर्थन विस्तार हुँदै गएको देखिएको छ। सशक्त संगठन, सक्रिय घरदैलो र मतदातासँगको प्रत्यक्ष सम्बन्धले कैलाली–४ मा कांग्रेसलाई बलियो प्रतिस्पर्धीका रूपमा उभ्याएको आकलन गरिएको छ।

Loading...