कैलाली–४ मा उम्मेदवारबीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवारहरू बीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम फागुन ११ गते अत्तरियास्थित नमस्ते पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रम जेसिस अत्तरिया शाखाको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष गिरिराज कडायतको संयोजकत्वमा तथा वर्तमान अध्यक्ष बमबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष गणेश शाहले गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूको सहभागिता रहेको थियो । सहभागी उम्मेदवारहरूमा लेखराज भट्ट (एमाले), कमल बम रजवार (राप्रपा), खेम कोइराला (राष्ट्रिय स्वतन्त्र पार्टी), सुवास कुँवर (उज्यालो नेपाल पार्टी), हेमराज भट्ट (राष्ट्रिय जनमोर्चा), भीम थापा मगर (श्रम संस्कृति पार्टी), भक्तबहादुर शाही (नेकपा माओवादी), मोहनदेव मिश्र (नेपाल कम्युनिस्ट पार्टी संयुक्त),गोपीलाल चौधरी (नेसनल रिपब्लिक नेपाल), गोरखबहादुर बिष्ट (नेपाली कांग्रेस) र हरिराम चौधरी (नेपाली कम्युनिस्ट पार्टी) लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

उम्मेदवारहरूले आ–आफ्ना प्रतिबद्धताहरू प्रस्तुत गर्दै प्रश्नकर्ताहरूका जिज्ञासाको जवाफ दिएका थिए । उनीहरूले देशको कमजोर अर्थतन्त्रलाई सुधार गर्दै विकासलाई गति दिने, आफूहरू योग्य उम्मेदवार भएको र विजयी भए देशका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै कैलाली क्षेत्र नम्बर ४ का स्थानीय समस्या समाधानमा विशेष ध्यान दिने दाबी गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संयोजक कडायतले नेपाल जेसिसले देशभर सञ्चालन गर्दै आएको ककस कार्यक्रमकै निरन्तरताका रूपमा अत्तरियामा पनि कार्यक्रम आयोजना गरिएको बताए । उनले नेताहरू सक्षम र जिम्मेवार भए मात्र देशको समग्र विकास सम्भव हुने उल्लेख गर्दै नेपाल अविकसित होइन, अव्यवस्थित देश भएको धारणा राखे ।

उनले भ्रष्टाचार नियन्त्रण, कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि, वैदेशिक रोजगारी तथा भारत पलायन रोक्ने, व्यापार घाटा नियन्त्रण गर्ने तथा शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए । साथै १७ वटै विश्वविद्यालयमा एउटै कुलपति बनाउने व्यवस्था परिवर्तन गर्नुपर्ने, विद्युत् क्षेत्रमा थप प्रगति आवश्यक रहेको पनि उनले उल्लेख गरे ।

कार्यक्रमले उम्मेदवारहरूलाई आफ्ना एजेण्डा सार्वजनिक गर्ने तथा जनताका सरोकारका विषयमा प्रत्यक्ष संवाद गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

Loading...