गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालयले गर्यो ठूलो संख्यामा आवेदन आह्वान

अत्तरिया- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ले शैक्षिक कार्यक्रम सञ्चालनको तयारी गर्दै प्राध्यापक तथा उप–प्राध्यापक पदमा ठूलो संख्यामा आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप–प्राध्यापक गरी कुल ६२ जनालाई करार सेवामा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।

Dadeldhura hospital

शुक्रबार प्रकाशित सूचनाअनुसार एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी, बायोकेमेस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, ईएनटी, अब्स एण्ड गाइनो, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डर्माटोलोजी, डेन्टल सर्जरी, पेडियाट्रिक्स, रेडियोलोजी, साइक्याट्री, अर्थोपेडिक्स, अप्थाल्मोलोजी र मेडिकल एजुकेशनलगायत विभिन्न विषयमा पद खुलाइएको छ।

Navadurga sun
Godawari sandesh

आवश्यक योग्यता पुगेका उम्मेदवारले तोकिएको म्यादभित्र आवेदन दिन सक्नेछन्। विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन निर्माण प्रक्रिया समेत अघि बढिरहेको जनाइएको छ।

Loading...