धनगढीको सुभारम्भ मन्टेश्वरी स्कुलले मनायो छैटौँ वार्षिकोत्सव

धनगढी- धनगढी उपमहानगरपालिका–८, क्याम्पसरोडस्थित विद्यालयले सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रमसहित उत्साहपूर्वक वार्षिकोत्सव मनायो । कार्यक्रमका अध्यक्ष विद्यालय संस्थापक प्रिन्सिपल जानकी भट्ट थिए भने उपप्रमुख कन्दकला कुमारी राना प्रमुख अतिथि थिइन् ।

Ganyapdhura gau

उपप्रमुख रानाले मन्टेश्वरी शिक्षाले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन । वडा अध्यक्ष जुगराम चौधरीले सहज वातावरणमा शिक्षासँगै संस्कार सिकाउने आवश्यकतालाई औंल्याए । प्याब्सन धनगढीका नगर सभापति धुव्र सिंहले शिक्षासँगै संस्कार र संस्कृतिले मात्र सक्षम नागरिक निर्माण हुने धारणा व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा स्वास्थ्य, खेल, कला–साहित्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो । स्वास्थ्य क्षेत्रमा डा. प्रदिप मिश्र र रतन एसके, खेल क्षेत्रमा कराँते रेफ्री प्रकाश कुमार चन्द, तथा कला–साहित्यमा आदेस महत्त्वलाई सम्मान प्रदान गरियो ।

विद्यालयका सञ्चालक मोहन राज ओझाले मन्टेश्वरी विधिअनुसार शिक्षण–सिकाइ हुँदै आएको, खेलकुद र सीप विकासमा विशेष ध्यान दिइएको बताए । विद्यालयले विद्यार्थीको समग्र विकासका लागि पढाइसँगै चाडपर्व, संस्कार र रीतिरिवाजसम्बन्धी कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

वार्षिकोत्सवमा विद्यार्थीहरूले नृत्य र सिर्जनात्मक प्रस्तुति दिइ, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई प्रमुख अतिथिहरूद्वारा पुरस्कार तथा मेडल प्रदान गरियो । विद्यालयले स्थापनाको छैटौँ वर्ष पूरा गर्दै शैक्षिक गुणस्तर र समग्र विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Couple
Loading...