


धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको शहिद गेटमा चार महान शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । कार्यक्रममा सभामुख, मन्त्री, सांसद, राष्ट्र सेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको उपस्थिति थियो ।



मुख्यमन्त्रीले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


उहाँले लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न गराउन सबैको दायित्व भएको स्मरण गराउनुभयो ।





