अत्तरिया- सुदूरपश्चिममा आगामी निर्वाचनको अवसरमा नेपाल यातायात मजदुर संघले यातायात व्यवसायी र मजदुरमैत्री नीतिलाई प्राथमिकता दिने दल र उम्मेदवारलाई समर्थन गर्न आह्वान गरेको छ ।



बुधबार धनगढीमा भएको प्रादेशिक भेलामा संघका केन्द्रीय तथा प्रादेशिक पदाधिकारी, विभिन्न व्यवसायी संघका प्रतिनिधि र मजदुरहरूको उपस्थिति उल्लेखनीय थियो ।


कार्यक्रममा वक्ताहरूले न्यूनतम पारिश्रमिक, बीमा, दुर्घटना राहत, पेशागत सुरक्षा र दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिए । संघले आगामी निर्वाचनमा यातायात क्षेत्र र मजदुरको हित सुनिश्चित गर्ने उम्मेदवारलाई विजयी गराउन सबैमा सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।
संघले आगामी दिनमा सुदूरपश्चिमका जिल्लाहरूमा अन्तरक्रिया, प्रशिक्षण र चुनावी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।





