कैलाली–४ मा बिष्टको १० बुँदे प्रतिबद्धता सार्वजनिक, प्रत्येक वडामा निःशुल्क वाइफाइ घोषणा

अत्तरिया- नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले १० बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आइतबार आयोजित कार्यक्रममा उनले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्योग, समावेशिता र युवालाई केन्द्रमा राखेर विभिन्न योजना अघि सारेका हुन्।

प्रतिबद्धता पत्रमा कृषिलाई पहिलो प्राथमिकतामा राख्दै किसानलाई समयमा मलखाद र बीउविजन उपलब्ध गराउने, सिँचाइ विस्तार गर्ने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, सहुलियत कर्जा उपलब्ध गराउने तथा तीनवटै पालिकामा शीतभण्डार निर्माण गर्ने योजना उल्लेख गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

शिक्षा क्षेत्रमा प्रत्येक विद्यालयमा प्राविधिक शिक्षा विस्तार, विपन्न परिवारका छोरीलाई उच्च शिक्षामा प्रोत्साहन, क्याम्पस स्तरोन्नति तथा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा मेडिकल साइन्स अध्ययनको वातावरण तयार गर्ने प्रतिबद्धता जनाइएको छ। स्वास्थ्यतर्फ अस्पताल स्तरोन्नति, एम्बुलेन्स सेवा विस्तार, विशेषज्ञ चिकित्सकको व्यवस्था र सिकलसेल एनिमियाको उपचारलाई प्रभावकारी बनाउने योजना समेटिएको छ।

पूर्वाधार विकासअन्तर्गत सडक स्तरोन्नति, तटबन्ध निर्माण, विद्युतीकरण, रंगशाला तथा क्षेत्रीय बसपार्क निर्माणलाई प्राथमिकता दिइएको छ। उद्योग तथा लगानी प्रवर्द्धन गर्दै प्रस्तावित औद्योगिक क्षेत्र सञ्चालनमा पहल गरिने उल्लेख छ।

युवालाई लक्षित गर्दै प्रत्येक वडामा निःशुल्क वाइफाइ जोन, ई–लाइब्रेरी र डिजिटल सीप तालिम सञ्चालन गर्ने तथा कम्तीमा २५ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिएको छ। साथै महिला, दलित, आदिवासी तथा सीमान्तकृत समुदायको समावेशी विकासलाई विशेष प्राथमिकता दिइने प्रतिबद्धता पनि गरिएको छ।

Loading...