चुरे फेदीको बस्ती दोमिल्लामा बाघको त्रास

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका १ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थानीय किसानका गोठबाट बाख्रा र घर आँगनबाटै कुकुर तानेर खान थालेको छ ।

Navadurga sun
Godawari sandesh

सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाका अनुसार बगान नजिक गएमा गर्जेर आउने गरेको छ । बाघले हालसम्म स्थानीय किसान सफल बुढाको बाख्रा कमल बागको खसी, धर्मसिंह महरा र प्रेमबहादुर रावतको कुकुर घर आँगनबाटै लगेर मारेर खाएको अध्यक्ष बुढाले बताए ।

“बाघ बस्ती नजिकैको अम्रिसो बगान क्षेत्रमा रहेपछि सामुदायिक वन प्रवेशमा रोक लगाएका छौँ”, उनले भने, “बाघले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराएका छौँ ।” सामुदायिक वनका उपभोक्तालाई उच्च सर्तकता अपनाई जीउधनको शुरक्षाका लागि सचेत गराइएको उनको भनाइ छ ।  रासस

Couple
Loading...