एउटै पार्टीका दुई हस्ती : कैलाली-४ मा भट्ट र योगीप्रति बढ्दै भरोसा

अत्तरिया- देशव्यापी रूपमा आम निर्वाचनको माहोलसँगै मुलुक नयाँ दिशाको खोजीमा अघि बढिरहेको छ। यही सन्दर्भमा कैलाली क्षेत्र नं. ४ पनि चुनावी प्रतिस्पर्धाको तीव्र बनेको छ, जहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मैदानमा उत्रिएका छन्।

यस क्षेत्रबाट नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्ट र समानुपातिकतर्फका उम्मेदवार हरिशंकर योगीलाई प्रमुख नेतृत्वका रूपमा स्थापित गर्ने चर्चा पालिका वडास्तर वा गाउँ-बस्तीमा सुनिन थालेको छ। घरदैलो अभियानका क्रममा मतदाताहरूले उनीहरूको सम्बोधनलाई चासोका साथ सुन्नुका साथै नेतृत्वदायी भूमिकामा अघि सार्न सुझाव दिइरहेकाे पाइन्छ ।

Navadurga sun

लामो समयको संघर्ष, बलिदान र राजनीतिक योगदानका कारण भट्टले राष्ट्रिय राजनीतिमा छुट्टै पहिचान बनाएको समर्थकहरूको भनाइ छ। यसैगरी, एमालेका बौद्धिक अग्रज नेताका रूपमा चिनिएका योगी पनि यश क्षेत्रका पुराना र अनुभवी नेतामध्ये एक मानिन्छन्। यी दुई व्यक्तित्वलाई नेतृत्वका रूपमा अगाडि पठाउने उद्देश्यसहित नेयस कार्यकर्ता अहिले गाउँ-बस्ती केन्द्रित चुनावी अभियानमा सक्रिय देखिन्छन्।

“फागुन २१ गते सूर्य चिन्हमा मतदान गराउने संकल्पका साथ हामी अभियानमा जुटेका छौं,” कैलाली क्षेत्र न. ४ का अग्रज नेता टेकबहादुर शाहले बताए। उनले विगतमा एमालेले बनाएको राजनीतिक इतिहासलाई निरन्तरता दिन आफूहरू लागिरहेको पनि उल्लेख गरे।

कैलाली क्षेत्र नं. ४ मा यसपटक कसले बाजी मार्ने भन्ने विषयमा चासो बढिरहेको बेला सुदूरपश्चिमको नेतृत्व गर्न सक्ने क्षमता, स्पष्ट अडान र केन्द्रीय राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा लेखराज भट्टलाई अघि सार्नुपर्ने आवाज बढ्दै रहेको समर्थकहरू बताउँछन्। उनलाई विजयी गराएर सुदूरपश्चिमेली जनताले मूल जिम्मेवारी दिनुपर्ने धारणा यस क्षेत्रभरि सुनिन थालेको छ।

यही रणनीतिसहित नेता कार्यकर्ताहरू चुनावी माहोललाई थप सक्रिय बनाउँदै मतदातामाझ पुगिरहेका छन्। अब भने कैलाली क्षेत्र नं. ४ का मतदाताले कस्तो निर्णय गर्छन् भन्ने प्रतीक्षा बढ्दै गएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...