फरार कैदीका कारण निर्वाचन सुरक्षामा चुनौती

धनगढी- जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीका कारण कैलाली जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचन सुरक्षामा चुनौती थपिएको छ।

कैलाली कारागारबाट फरार भएका धेरै कैदीबन्दी अझै कारागार नफर्किएपछि सुरक्षा चुनौती बढेको हो। १०१ किलोमिटर लामो नेपाल–भारत अन्तर्राष्ट्रिय खुला सिमाना रहेको यो जिल्ला यसै पनि संवेदनशील मानिँदै आएको छ। जिल्लाका धेरै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता बढाएको छ। फरार कैदीबाट हुन सक्ने अवाञ्छित गतिविधि रोक्न उनीहरूको फोटोसहितको विवरण सार्वजनिक गरिएको छ।

भदौ २४ गते कारागारबाट फरार भई हालसम्म सम्पर्कमा नआएका कैदीबन्दीको फोटोसहितको विवरण सार्वजनिक स्थलहरूमा टाँस गरिएको कारागार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फरार भएका कैदीमध्ये आधाभन्दा बढी फर्किए पनि अझै २२२ जना कैदीबन्दी फरार रहेका छन्।

फरारमध्ये केही कैदीबन्दी गम्भीर प्रकृतिका अपराधमा संलग्न रहेका छन्। यसले निर्वाचन सुरक्षामा थप चुनौती सिर्जना गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

फरार कैदीबन्दीको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयका मूल गेटमा टाँस गरिएको छ।

Loading...