

डोटी- डोटीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको शिखर नगरपालिका–११ बारबाटा बस्ने २४ वर्षीय सन्तोष रोकाया मृत अवस्थामा फेला परेका हुन् ।



मंगलबार शिखर नगरपालिका–१० बान्डुङ्ग्रीसैनस्थित मामाघरबाट घर जान्छु भनी हिँडेका थिए । तर घर नपुगेपछि परिवार तथा आफन्तले खोजतलास सुरु गरेका थिए ।


खोजी गर्ने शिखर नगरपालिका–८ गोल्मागाडस्थित खोलाको किनारमा पानीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय डोटीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।





