निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबै पक्षलाई आग्रह गरेको छ। निर्वाचन आयोगले लागू गरेको आचारसंहिता उल्लङ्घन भएको गुनासो प्राप्त भएपछि मङ्गलबार एक सूचना जारी गर्दै सबैलाई सचेत गराइएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न पाइनेछ। तोकिएको मितिभन्दा अघि कुनै पनि किसिमको चुनावी गतिविधि नगर्न आग्रह गरिएको छ।

Navadurga sun

सूचनामा जुलुस वा आमसभामा सहभागी हुने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित कपडा, टोपी, टिसर्ट, ज्याकेट, ब्याच, मास्क, लकेट, झोला वा स्टिकर प्रयोग गर्न नपाइने उल्लेख छ। साथै सार्वजनिक स्थल, निजी घरजग्गा, सडकको भित्ता, पोल तथा सार्वजनिक भवनमा दलको झण्डा र चुनाव चिह्न टाँस्न वा राख्न पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ।

त्यसैगरी निर्वाचन अधिकृतको अनुमति लिएर आयोगले तोकेको मापदण्डअनुसार सीमित सङ्ख्यामा मात्र सवारीसाधन प्रयोग गर्न पाइने र विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने सूचनामा उल्लेख छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४८ आकर्षित भएमा उम्मेदवारी रद्द हुनेसम्मको सजायको व्यवस्था रहेकाले आचारसंहिता कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। साथै कतै आचारसंहिता उल्लङ्घन भएको देखिएमा सम्बन्धित अनुगमन अधिकृतलाई जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...