अत्तरिया- गोदावरी नगरपालिका–७ हरैयामा शुक्रबारदेखि माघी मिलन सांस्कृतिक कार्यक्रम सुरु भएको छ । गोदावरी नगर भलमन्सा (बरघर) समितिले नगरपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने कार्यक्रममा थारु तथा राना थारु समुदायको मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने लक्ष्य राखिएको छ ।



कार्यक्रमको उद्घाटन नगरप्रमुख बिरेन्द्र भट्टले गरेका थिए। कार्यक्रममा नगरउपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी र स्थानीयको सहभागीता रहेको थियो ।


थारु संग्रहालय परिसरमा आयोजना भएको कार्यक्रममा परम्परागत नृत्य, सांगीतिक प्रस्तुति र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नगरप्रमुख भट्टले माघीलाई समुदायको एकता र पहिचानको प्रतीक भन्दै संस्कृतिको संरक्षणमा नगरपालिकाको सहयोग जारी रहने बताए ।
कार्यक्रम १८ गतेसम्म चल्नेछ र स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास गरिएको छ ।