कञ्चनपुर- कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद गरिएको छ।




कञ्चनपुरको भीमदत्त नरपालिका–११ भुजेला स्थित अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५ हजार ७४० बराबरको सामान बरामद गरिएको हो ।


उक्त मुल्य बराबरको हाडवेयर, मोबाईल कभर र किराना लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बुधवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।




