पश्चिमी निम्न चापीय प्रणाली सक्रिय, सुदूरपश्चिमदेखि गण्डकीसम्म हिउँ र वर्षाको सम्भावना

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका विभिन्न जिल्लामा हिउँ र वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

मौसमविद् सञ्जिव अधिकारीका अनुसार मंगलबार दिउँसोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिउँ वा पानी पर्ने सम्भावना छ भने पहाडी र तराई क्षेत्रमा हल्का वर्षा हुन सक्छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

राति उक्त प्रणाली पूर्वतर्फ सर्दै जाने र सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च भूभागका केही स्थानमा मध्यम खालको हिउँ वा वर्षा हुने अनुमान गरिएको छ । एक–दुई स्थानमा भारी हिमपातको सम्भावना पनि रहेको छ ।

बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का हिमपात हुन सक्छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा तराई क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्छ ।

काठमाडौं उपत्यकामा बुधबार दिउँसो हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । बुधबार रातिदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने र बिहीबारदेखि देशभर मौसम सफा हुने अपेक्षा गरिएको छ ।

Loading...