काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन् ।



चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा व्यस्त रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनतासँग बताउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताएका हुन् ।


पछिल्लो समय झापामा नेकपा एमाले लगायत अन्य दलहरूसँग राप्रपाको चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘हाम्रो नीति सुरुदेखि नै स्पष्ट छ। म जनतासँग गठबन्धन गरेर एक्लै चुनाव लड्छाैँ।’
अध्यक्ष लिङ्देनले राप्रपाले जनताको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै केही प्राविधिक कारणले उम्मेदवारी खारेज वा फिर्ता लिनुपरेका स्थानबाहेक देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइएको जानकारी दिए ।





