थारू समुदाय उपेक्षित भएको गुनासो, कैलाली–कञ्चनपुरमा उम्मेदवारी न्यून

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा विभिन्न राजनीतिक दलले थारू समुदायलाई उपेक्षा गरेको गुनासो बढेको छ। थारू समुदायको निर्णायक मत रहेको क्षेत्रमै दलहरूले थारू उम्मेदवारलाई कम अवसर दिएको भन्दै असन्तोष व्यक्त गरिएको हो।

रानाथारू समुदायका अगुवा नारायण रानाका अनुसार दलहरूले थारू समुदायलाई भोट बैंकका रूपमा मात्र प्रयोग गर्ने गरेको आरोप छ। कैलाली र कञ्चनपुरमा ठूला दलहरूले थारू समुदायका उम्मेदवार निकै न्यून सङ्ख्यामा मात्रै उठाएका छन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उम्मेदवारी विवरणअनुसार नेकपा (एमाले) र नेपाली कांग्रेसले एक–एक जना, नेकपाले तीन जना थारू उम्मेदवार बनाएका छन्। नागरिक उन्मुक्ति पार्टीले छ जना थारू उम्मेदवार उठाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ एक जनालाई पनि अवसर दिएको छैन।

प्रदेशभर थारू समुदायका २९ जना (१३.८० प्रतिशत) उम्मेदवार रहेका छन्। कैलालीमा ७८ मध्ये २० जना (२५.६४ प्रतिशत) र कञ्चनपुरमा ५५ मध्ये ९ जना (१६.३६ प्रतिशत) थारू उम्मेदवार छन्।

रानाथारू समुदायले प्रतिनिधि सभामा आफ्नो प्रतिनिधित्व कमजोर हुने चिन्ता व्यक्त गरेको छ। दलहरूले उम्मेदवार नबनाएपछि समुदायबाट प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको उनीहरूको भनाइ छ।

Loading...