कैलालीको अत्तरियामा सिवाइसी वार्षिक खेलकुद उत्सव आयोजना हुँदै

अत्तरिया-  कैलालीको अत्तरियामा सिवाइसी वार्षिक खेलकुद उत्सव आयोजना हुने भएको छ। अत्तरियास्थित न्यू सृजनशिल युवा क्लब (सिवाइसी) को आयोजनामा यही माघ १२ गतेदेखि खेलकुद उत्सव सुरु हुने भएको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक क्लबले खेलकुद उत्सवसम्बन्धी जानकारी दिनुका साथै उत्सवको ट्रफीसमेत सार्वजनिक गरेको छ।

Navadurga sun

खेलकुद उत्सवमा भलिबल, क्रिकेट र फुटबल गरी तीन विधाका खेलहरू समावेश गरिने सह–संयोजक छविन्द्र नाथ योगीले जानकारी दिए। उनका अनुसार गोदावरी क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको नाममा आधारित टिमहरूको सहभागिता रहनेछ।

उत्सवमा टिम सिवाइसी भल्काधाम, टिम सिवाइसी गोदावरी धाम, टिम सिवाइसी गाजँरी हाटखोली, टिम सिवाइसी दोगडे फुलबस्ती, टिम सिवाइसी नायल ताल, टिम सिवाइसी मछेली, टिम सिवाइसी बुढितोला जिरो पोइन्ट र टिम सिवाइसी लामिताल गरी आठ टिम सहभागी हुनेछन्।

माघ १२ गतेदेखि सुरु हुने खेलकुद उत्सवको प्रत्येक विधाका विजेता टिमलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

यस खेलकुद उत्सवलाई क्लबले गत वर्ष आयोजना गरिएको सिवाइसी लिगको दोस्रो संस्करणका रूपमा सञ्चालन गर्न लागेको हो। दोस्रो संस्करण करिब एक महिना सम्म सञ्चालन हुने बताइएको छ।

तीन विधामध्ये क्रिकेट खेल अत्तरियास्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा आयोजना गरिनेछ भने फुटबल र भलिबल खेलहरू क्लबकै आफ्नै खेलमैदानमा सञ्चालन हुनेछन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...