कैलाली–५ को रास्वपा संयोजकमा डिल्लीराज भट्ट नियुक्त

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी युवा नेता डिल्लीराज भट्टलाई प्रदान गरेको छ।

लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेका भट्टलाई शुक्रबार आयोजित एक समारोहका बीच उक्त जिम्मेवारी हस्तान्तरण गरिएको हो।

Navadurga sun

जिम्मेवारी हस्तान्तरण समारोहमा रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्ट, जिल्ला सभापति महेश चौधरी, कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार डा. आनन्द चन्द, नेता हरि रेग्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसअघि भट्टले सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समिति सदस्यका रूपमा समेत सेवा प्रदान गरिसकेका छन्। उनी सुदूरपश्चिम प्रदेशमा सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...