दोधाराचाँदनीका ११ स्थानीय प्रहरी जिल्ला तानिए, अन्य कर्मचारी खटाइए

कञ्चनपुर- कञ्चनपुरको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीमा कार्यरत ११ जना प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको छ। स्थानीय तहकै बासिन्दा भएर लामो समयदेखि एउटै कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामदत्त जोशीसहितका प्रहरीलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा अन्य प्रहरी कर्मचारी खटाइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार दोधाराचाँदनी नगरपालिकाकै स्थायी बासिन्दा रहेका प्रहरीलाई त्यही क्षेत्रमा राख्दा कार्यसम्पादन प्रभावकारी नहुने भएकाले हेरफेर गरिएको हो। हेरफेरमा असईसँगै हवलदार र जवानसमेत परेका छन्।

Navadurga sun

केही दिनअघि दोधाराचाँदनी क्षेत्रमा भारतबाट चोरी गरी ल्याइएका सुनचाँदीका गरगहना प्रहरीले बरामद गरेको थियो। उक्त घटनापछि केही स्थानीय प्रहरीको भूमिकामाथि शंका उठेको स्रोतको दाबी छ। यद्यपि डीएसपी रावतले प्रहरी हेरफेरको निर्णय गरगहना बरामद प्रकरणसँग सम्बन्धित नभएको स्पष्ट पारेका छन्।

कञ्चनपुर प्रहरीले यस्तै नीति क्रमशः जिल्लाका अन्य प्रहरी कार्यालयमा पनि लागू गर्ने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...