उम्मेदवारको छुट्टै खाता खोलिदिन राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

Ganyapdhura gau

निर्वाचनमा हुने खर्च पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूको छुट्टै खाता खोल्ने व्यवस्था मिलाइदिन भनेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

निर्वाचन आयोग ऐन, ०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने र कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने उल्लेख भएको बताइएको छ ।

त्यस्तै आयोगले उम्मेदवारको तर्फबाट खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने र तीनको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था भएको पनि उल्लेख गरेको छ ।

आयोगले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा वित्तीय संस्थामार्फत गर्नुपर्ने र नगद लिएमा रकम बुझेको रसिद वा भरपाइ पनि बुझाउनुपर्ने भनिएको छ ।

यस्तो छ राष्ट्रबैंकलाई आयोगको आग्रह
संवत् २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैड्ङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र यसरी तोकिएका पदाधिकारीहरुको नाम-नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले पनि निर्वाचन सम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छु‌ट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, पच्चिस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने एवम् व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको उपरोक्तानुसारको बैङ्क खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधानहरु रहेका र तिनको प्रभावकारी रुपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलहरुबाट पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणाली तर्फका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु समेतका लागि बैङ्किङ्ग कारोवार गर्ने इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुमा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी यस आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिशमा निर्वाचन अभियानसंग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन निर्वाचन आयाेगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेकाे छ।

Couple
Loading...