सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २१० उम्मेदवारको मनोनयन दर्ता

कञ्चनपुर- आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा कूल २१० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। कैलाली निर्वाचन क्षेत्र नं. १ मा १९ जना, क्षेत्र नं. २ मा १६, क्षेत्र नं. ३ मा ११, क्षेत्र नं. ४ मा १६ र क्षेत्र नं. ५ मा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यसैगरी कञ्चनपुर जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नं. १ र २ मा १९–१९ जना तथा निर्वाचन क्षेत्र नं. ३ मा १७ जनाले मनोनयन दर्ता गराएका छन्।

अन्य जिल्लाहरूमा अछाम निर्वाचन क्षेत्र नं. १ मा ८ जना र क्षेत्र नं. २ मा ९ जना, डोटीमा ९, बाजुरामा ८, बझाङमा ७, बैतडीमा १२, दार्चुलामा ११ तथा डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशमा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन्। अब उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको छ।

Loading...