कैलालीका पाँच निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा सुरु, ६८ उम्मेदवार मैदानमा

कैलाली-  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रबाट जम्मा ६८ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ठूला राष्ट्रिय दल, क्षेत्रीय दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।

📊 निर्वाचन क्षेत्रअनुसार उम्मेदवार संख्या

godawari10 Mahila hinsa
Navadurga sun
निर्वाचन क्षेत्र उम्मेदवार संख्या
कैलाली–१ १९ जना
कैलाली–२ १६ जना
कैलाली–३ ९ जना
कैलाली–४ १७ जना
कैलाली–५ १६ जना
जम्मा ६८ जना

 

कैलाली–१: १९ जनाको प्रतिस्पर्धा

कैलाली–१ बाट १९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली काँग्रेसका जनकराज चौधरी, नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारू, राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवाली, नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरी र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले मनोनयन दर्ता गरेका छन्।

यसैगरी नेमकिपाका सुनिता भण्डारी, राप्रपाका लोकेन्द्र कुँवर, आम जनता पार्टीकी रुपाकुमारी चौधरी, प्रलोपाका जनकराज शाह, श्रम संस्कृति पार्टीका विमलकुमार डगौरा, नेकपा माओवादीका रामबहादुर विश्वकर्मा, र स्वतन्त्र उम्मेदवार सत्यनारायण भट्टराई, राजेन्द्रबहादुर शाही, तपेन्द्र शाह, अरुण ठकुल्ला, फागुराम थारू र नरेश रावल पनि चुनावी दौडमा छन्।

कैलाली–२: १६ उम्मेदवार

Dadeldhura hospital

कैलाली–२ बाट १६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली काँग्रेसका विजयबहादुर स्वाँर, नेकपा एमालेका सुर्यबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउँद, राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल, नेश्नल रिपब्लिक पार्टीका दलबहादुर बुचामगर, मजदुर किसान पार्टीका लक्ष्मी पुन मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका डम्बरबहादुर रावल, नेपाल मानवतावादी पार्टीका करबिर कडाँरा, नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले मनोनयन दर्ता गरेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिंह बिसी, आम जनता पार्टीका खगेन्द्रबहादुर रावत, नेकपा माओवादीका दिलबहादुर साउँद, मितेरी पार्टीकी सम्झना विष्ट थापाको उम्मेदवारी परेको छ भने मोहनसिंह राठौर, राजेश मयाल विक र दीपक रावल स्वतन्त्र उम्मेदवारका रूपमा छन्।

कैलाली–३: ९ उम्मेदवार

कैलाली–३ बाट ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली काँग्रेसका भिम बडुवाल, नेकपा एमालेका गौरीशंकर चौधरी, नेकपाका विरमान चौधरी, नेकपा माओवादीका अर्जुनप्रसाद कठरिया, नेमकिपाका जुनु महतरा शाही, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विरेन्द्र बहादुर बम, प्रलोपाका लक्ष्मीराम चौधरी र मितेरी पार्टीकी सुशीला थापा मगर प्रतिस्पर्धामा छन्।

कैलाली–४: १७ उम्मेदवार

कैलाली–४ बाट सबैभन्दा धेरै १७ जना उम्मेदवार मैदानमा छन्। नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट, नेपाली काँग्रेसका गोरख बिष्ट, नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद रेग्मी र खेमराज कोइराला, राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नेमकिपाका अमृता भुल, नेश्नल रिपब्लिक पार्टीका गोपीलाल चौधरी, मितेरी पार्टीका दिनेशकुमार मल्ल, नागरिक उन्मुक्ति नेपालका धनबहादुर सुनार, नेकपा माओवादीका भक्तबहादुर शाही, नेकपा संयुक्तका मोहनदेव मिश्र, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोटा, उज्यालो नेपाल पार्टीका सुभास कुँवर, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, श्रम संस्कृति पार्टीका भिमबहादुर थापा मगर र छत्रबहादुर भट्ट खत्रीले उम्मेदवारी दर्ता गरेका छन्।

कैलाली–५: १६ उम्मेदवार

कैलाली–५ बाट १६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। नेपाली काँग्रेसका नरनारायण शाह, नेकपा एमालेका यज्ञराज ढुङ्गाना उपाध्याय, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले, राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबहादुर चन्द, मितेरी पार्टीकी राधिका कुमारी कार्की, आम जनता पार्टीका देवसिंह बिष्ट, नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी, राष्ट्रिय जनमोर्चाका शोभामणि जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाही, नेमकिपाका तृषण पुन मगर, नेकपा माओवादीका बबरजङ्ग बहादुर सिंह, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, जनमत पार्टीका धनबहादुर चौधरी, र स्वतन्त्र उम्मेदवार प्यारेलाल राना, इश्वरी विष्ट र जनकराज पाठकले मनोनयन दर्ता गरेका छन्।

Loading...