एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गर्‍यो

धनगढी- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ। पार्टीले कञ्चनपुर–१ र बझाङमा शनिबारको सचिवालय बैठकबाट तय गरिएका उम्मेदवारहरू संशोधन गरेको हो।

स्रोतका अनुसार कञ्चनपुर–१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ र बझाङमा पार्टी केन्द्रीय सदस्य ऐन महरलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। यसअघि शनिबारको सचिवालय बैठकले कञ्चनपुर–१ मा कमला बोहरा र बझाङमा अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

Navadurga sun

तर आइतबार ती निर्णय संशोधन गर्दै बोहरा र ओखेडाको नाम हटाइएर तामाङ र महरको नाम समावेश गरिएको स्रोतले जनाएको छ। सचिवालय बैठकको निर्णय लेख्ने क्रममा नाम परिवर्तन गरिएको बताइएको छ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कञ्चनपुर–१ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका तामाङले कांग्रेस–माओवादी केन्द्र–एकीकृत समाजवादी पार्टीको गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै जित हासिल गरेका थिए।

यता, ऐन महर भने गत निर्वाचनमा गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...