पद्म प्रभात प्रतिष्ठानद्वारा २०८२ का लागि विभिन्न पुरस्कार घोषणा

पद्म प्रभात प्रतिष्ठानका २०८२ का पुरस्कार डा. जोशी, पन्त, रोस्यारा र भट्टलाई

अत्तरिया- विगत चार दशकदेखि भाषा, साहित्य, कला, संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी ‘प्रभात’को नाममा स्थापित पद्म प्रभात प्रतिष्ठान (२०७९) ले वर्ष २०८२ का लागि विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ।

Ganyapdhura gau

प्रतिष्ठानको माघ ३ गते धनगढीमा बसेको बैठकको निर्णयअनुसार रु १,११,१११ राशिको पद्म प्रभात प्राज्ञिक पुरस्कार २०८२ भारतको उत्तराखण्ड राज्य, अल्मोडा निवासी साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा संस्कृतिविद् प्रो. डा. महेश्वर प्रसाद जोशीलाई प्रदान गरिने भएको छ।

Navadurga sun
Godawari sandesh

डा. जोशीले सन् १९६५ देखि प्राचीन इतिहास, संस्कृति र पुरातत्व विषयमा निरन्तर अनुसन्धान गर्दै मध्य हिमालय (गढवाल, कुमाउ र डोटी) क्षेत्रको इतिहास, पुरातत्व र संस्कृतिमा १०० भन्दा बढी शोधपत्र प्रकाशित गरेका छन्। साथै नेपाल–भारत हिमाली भू–भागको पाषाणकालीन प्रागइतिहास, भाषा उद्भव तथा विकास तथा उत्तराखण्डमा गोर्खा शासनका २४ वर्ष विषयमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

Dadeldhura hospital

यसैगरी पद्म प्रभात पत्रकारिता पुरस्कार २०८२ सुदूरपश्चिममा लामो समयदेखि खोज पत्रकारितामा सक्रिय डी.आर. पन्त (डडेल्धुरा) र युवा पत्रकार गोविन्द रोस्यारा (कैलाली) लाई प्रदान गरिने भएको छ।

त्यस्तै भुवनेश्वरी पद्म प्रभात प्रतिभा पुरस्कार कवि तथा साहित्यकार हिरा भट्ट (बैतडी) लाई समर्पण गरिने भएको छ।

साहित्यकार श्रेष्ठप्रिया पन्थी, महाकाव्यकार मणिराज जोशी र साहित्यकार गणेशराज जोशी सदस्य रहेको छनोट समितिको सिफारिसअनुसार पुरस्कार घोषणा गरिएको प्रतिष्ठानका उपाध्यक्ष हरिलाल गिरिले जानकारी दिए।

घोषित सबै पुरस्कारहरू २०८२ सालको चैत्र नवरात्रिको अवसरमा विशेष समारोहबीच समर्पण गरिने प्रतिष्ठानले जनाएको छ।

Couple
Loading...