नयाँ जनादेश नै हालको उपयुक्त विकल्प होः मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेश नै हालको उपयुक्त विकल्प भएको बताएका छन् ।

कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव उद्घाटन समारोहमा उहाँले देशमा स्थायित्व कायम गर्नका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताए । 

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

मुख्यमन्त्री शाहले भने,“भदौ २३ र २४ गतेको घटनापछि हाल सरकारका सबै संयन्त्र निर्वाचन केन्द्रित भएका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।” जनताले दिएको जनादेशलाई आत्मसात् गर्दै राजनीतिक दल पनि रुपान्तरणको बाटोमा लाग्नुपर्ने उहाँको भनाइ थियो । 

मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावनाका दृष्टिकोणले निकै महत्त्वपूर्ण प्रदेश रहेको भन्दै यहाँ लगानी गरेर लाभ लिन व्यवसायीहरूलाई आह्वानसमेत गरे । “यो प्रदेश जल, जमिन र जङ्गल सबै दृष्टिकोणले सम्पन्न छ । त्यसलाई सदुपयोग गर्ने लगानीकर्ता प्रदेशले खोजिरहेको छ ।

सरकार लगानीको वातावरण र त्यसको सुरक्षाका लागि तयार छ”, उनले भने, “निजी क्षेत्रको लगानीबिना समृद्धि परिकल्पना गर्न नसकिने भएकाले सरकार र निजी क्षेत्र सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसका लागि आह्वान गरिरहेका छौँ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले प्रदेश सरकार शक्ति सम्पन्न नहुँदासम्म सङ्घीयतामाथि प्रश्न उठिरहने बताए । उनले मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाउने भन्दै यस्ता मेला महोत्सवलाई प्रायोजन गरेर सरकारले नीतिगत दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । मंगलवारदेखि सुरु भएको महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।

Loading...