मजगाउँमा थारु माघ महोत्सव २०८२ माघ १२ देखि लाग्ने

अत्तरिया-  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा आउँदो माघ १२ गतेदेखि थारु माघ महोत्सव २०८२ सुरु हुने भएको छ । संस्कृति संरक्षण, स्थानीय पर्यटन तथा आधुनिक कृषि प्रवर्द्धनका लागि एकजुट हौँ भन्ने मूल नारासहित महोत्सव आयोजना हुन लागेको हो ।

Ganyapdhura gau

थारू कल्याणकारिणी सभा, वरघर भलमन्सा गोदावरी नगर समिति, मजगाउँ थारु सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबको संयुक्त आयोजनामा हुने महोत्सव माघ १२, १३ र १४ गतेसम्म मजगाउँ थारु संग्रहालय परिसरमा सञ्चालन हुनेछ। थारू कल्याणकारिणी सभाका नगर सचिव फुलाराम चौधरीका अनुसार महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गर्ने कार्यक्रम तय भएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महोत्सवमा स्थानीय झाँकी प्रदर्शन, थारु राष्ट्रिय कलाकारहरूको प्रस्तुति, थारु खानपान, कला–संस्कृति जगेर्नासम्बन्धी विविध कार्यक्रम, थारु कला र सिप झल्कने संग्रहालय अवलोकन तथा अन्य मनोरञ्जनात्मक मेला प्रदर्शन रहने आयोजकले जनाएको छ। यसपटक महोत्सवलाई केही फरक बनाउने उद्देश्यले लागूऔषध सम्बन्धी जानकारीमूलक नाटक समेत प्रस्तुत गरिने तयारी भइरहेको थारू कल्याणकारिणी सभाका पूर्व कार्यबाहक सभापति एवं केन्द्रीय पार्षद माधव चौधरीले बताए।

शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा सदस्य हरिराम चौधरीले मजगाउँमा हुँदै आएको माघ महोत्सवले राना थारु संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।

महोत्सवमा थारू परिकार, कृषि उपज, स्थानीय उत्पादन लगायतका स्टलहरू रहनेछन्। थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिले २०६७ सालदेखि निरन्तर रूपमा माघ महोत्सव आयोजना गर्दै आएको छ।

Couple
Loading...