थारू समुदाय माघी पर्वको तयारीमा व्यस्त

धनगढी- तराईको थारू समुदाय आफ्नो सबैभन्दा ठूलो पर्व माघ (माघी) को तयारीमा जुटेको छ। माघ पर्व नजिकिँदै जाँदा थारू बस्तीहरूमा चहलपहल बढेको छ।

थारू समुदायका लागि माघ नयाँ वर्षका रूपमा समेत मनाइन्छ। पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म तीन दिनसम्म हर्षोल्लासका साथ मनाइने यस पर्वको तयारीका लागि समुदायका मानिस कुटानी–पिसानी, दाउरा सङ्कलन, जङ्गलबाट पात टिपेर दुनाटपरी बनाउने लगायतका कार्यमा व्यस्त देखिन्छन्।

Navadurga sun

प्रत्येक परिवारका लागि मासुको व्यवस्था मिलाउने कार्य पनि तीव्र बनेको छ। माघमा बङ्गुरको मासु खाने परम्परा रहेकाले पहिल्यै नाम टिपोट गरी सूची बनाइने गरिन्छ। वर्ष दिनपछि आउने माघ पर्वलाई उल्लासपूर्वक मनाउन तयारी भइरहेको धनगढी उपमहानगरपालिका–९, बङ्गराका दिनेश चौधरीले बताए।

उनका अनुसार माघमा खाने परिकार बनाउन कुटानी–पिसानीका काम भइरहेका छन्। माघी पर्वमा विशेषगरी चामलको पिठोबाट बनेको ढिक्री र बङ्गुरको मासु खाने चलन छ। आफ्नो गाउँमा बङ्गुरको मासु भाग लगाउन बैठक बस्न भने बाँकी रहेको उनले जानकारी दिए।

माघ पर्वमा थारू समुदायका धेरैजसो मानिसले जाँरको झोल सेवन गर्ने गर्दछन्। त्यसका लागि महिनादिन अगाडिबाटै तयारी सुरु गरिएको जनाइएको छ। साथै, बजारमा किनमेल गर्ने क्रम पनि बढ्न थालेको छ। कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले गाउँघरमा माघीको सुरसार सुरु भएको बताए। उनका अनुसार पर्व, विवाह लगायतका अवसरका लागि जङ्गलबाट दाउरा सङ्कलन गर्ने कार्य भइरहेको छ।

परम्पराअनुसार माघ पर्वको पहिलो दिन मासुसहित खानपान गरी धमार र ढुमरु गीत गाएर रमाइलो गरिन्छ। दोस्रो दिन बिहानै स्नान गरी ठुलाबडाको आशीर्वाद लिने चलन छ भने तेस्रो दिन माघी डेवानी गरी पर्वको बिसर्जन गरिन्छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...