धनगढीमा पत्रकार आचारसंहिता छलफल

धनगढी-  कैलालीमा पत्रकार आचारसंहिताबारे छलफल कार्यक्रम आयोजना गरिएको छ। नेपाल प्रेस काउन्सिलका सदस्य पदमराज जोशीले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई आचारसंहिता पुस्तिका र लिखित ब्यानर हस्तान्तरण गर्दै यसबारे जानकारी दिएका थिए।

निर्वाचनको समयमा आचारसंहिता उल्लङ्घन हुँदै आएकोले फागुन २१ गते हुने निर्वाचनका लागि पत्रकारहरूलाई आचारसंहितामा रहेर काम गर्न सचेत गराइएको थियो। जोशीले भने, “पत्रकारले अरूमाथि औँला उठाउन मात्र होइन, आफू पनि आफ्नो पेसाप्रति कटिबद्ध हुनुपर्छ।”

Navadurga sun

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले अब अत्तरिया, टिकापुर, भजनी र धनगढीमा प्रेस काउन्सिलसँग सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। कार्यक्रममा प्रदेश अध्यक्ष भरत शाह, केन्द्रीय सदस्य योगेन्द्र बलायर, पूर्व अध्यक्ष अर्जुन शाह, सल्लाहकार मीन बम लगायतका पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थित थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...