एमालेले सुदूरपश्चिमका जिल्लामा जिल्ला इन्चार्ज तोक्यो

नेकपा एमालेको सचिवालय बैठकले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ।

संगठन सुदृढीकरण र निर्वाचन केन्द्रित गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यसहित हालै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको हो।

Navadurga sun

पार्टी निर्णयअनुसार कैलालीमा लिला भण्डारी, कञ्चनपुरमा निरु पाल, डडेल्धुरामा पठान सिंह बोहरा, बैतडीमा दामोदर भण्डारी, दार्चुलामा गणेश ठगुन्ना, बझाङमा एन. महर, बाजुरामा लालबहादुर थापा, अछाममा झपट बोहरा र डोटीमा चक्रबहादुर मल्ललाई जिल्ला इन्चार्ज तोकिएको छ।

जिल्ला इन्चार्जहरूले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने जिम्मेवारी पाएका छन्।

उपमहासचिव लेखराज भट्टले संगठनात्मक निर्णय समयसापेक्ष र रणनीतिक रहेको बताउँदै जिल्ला इन्चार्जमार्फत पार्टीका नीति, कार्यक्रम र सन्देश जनतासम्म प्रभावकारी रूपमा पु¥याइने विश्वास व्यक्त गरे। पार्टीका अनुसार यस निर्णयले सुदूरपश्चिममा संगठनलाई थप क्रियाशील बनाउँदै आगामी निर्वाचनमा एकताबद्ध र सशक्त रूपमा अघि बढ्न सहयोग पुग्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...