कञ्चनपुरका नौ पालिकामा कृषि र पशुपालन पकेट क्षेत्र निर्धारण

कञ्चनपुर- कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ।

Ganyapdhura gau

पकेट क्षेत्रमार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउबिजन र प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउँदले जानकारी दिए । उनका अनुसार पकेट क्षेत्र निर्धारणपछि किसानलाई अनुदान तथा परम्परागत खेती प्रणालीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ ।

Navadurga sun
Godawari sandesh

‘चालु आर्थिक वर्षमा कञ्चनपुरमा स्थानीय तह कृषि विशेष पकेट क्षेत्रका लागि प्रत्येक पालिकामा रु ४० लाख बजेट विनियोजन गरिएको छ’, सुचना अधिकारी साउँदले भने, ‘यसले उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार केन्द्रले भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्र निर्धारण गरेको छ । 

बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पूर्नवास नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई आलु पकेट क्षेत्र निर्धारण गरिएको जनाउँदै साउँदले कृष्णपुर नगरपालिकालाई तरकारी पकेट क्षेत्र निर्धारण गरिएको बताए। उहानका अनुसार लालझाँडी गाउँपालिका दलन पकेट क्षेत्र, बेलौरी नगरपालिका तोरी पकेट क्षेत्र र बेल्डाँडी गाउँपालिका आलु पकेट क्षेत्र निर्धारण गरिएको छ। 

Dadeldhura hospital

‘तीनवर्षे कार्यक्रमअन्तर्गत यो कार्यक्रम कार्यान्वयनको चरणमा छ’, सूचना अधिकारी साउँदले भने, ‘आलु पकेट क्षेत्रका किसानका लागि कोल्डस्टोरको समेत व्यवस्था गरिएको छ।’ उहनका अनुसार आलु पकेट क्षेत्र रहेको पुनर्वासमा दुईवटा कोल्डस्टोर छन्। त्यसैगरी बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा कोल्डस्टोर सञ्चालनमा छन्।

पकेट क्षेत्र प्रणालीले लागत घटाई उत्पादन बढाउन र आयआर्जनमा वृद्धि गर्न सहयोग पुग्ने यहाँका किसानको अपेक्षा छ। ‘यो कार्यक्रमले व्यावसायिक रूपमा कृषिमा लागेका किसानलाई प्रोत्साहन गरेको छ’, किसान खुसी रानाले भने, ‘केन्द्रबाट पाउने अनुदान  र प्राविधिक सहयोगले सहज हुनाका साथै राहत पुगेको छ। 

एक दशकदेखि तरकारीखेती गर्दै आएका राना पकेट क्षेत्र विशेष कार्यक्रमले प्रविधिमा पहुँच बढ्ने र उत्पादनको सुनिश्चित बजार पाउनेमा ढुक्क छन्।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरबाट चालु आर्थिक वर्षमा पालिका विशेष उत्पादन कार्यक्रमका लागि पकेट क्षेत्र निर्धारण गरिएको वरिष्ठ पशु विकास अधिकृत श्यामसिंह खड्काले जानकारी दिए। उनका अनुसार यहाँका सातवटा पालिकालाई भैँसीपालन र दुईवटा पालिकालाई बाख्रापालन विशेष कार्यक्रमका रूपमा तोकिएको छ।

कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकालाई भैँसीपालन पकेट क्षेत्र निर्धारण गरिएको जनाउँदै खड्काले लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा बाख्रा पकेट क्षेत्रका लागि बजेट विनियोजन भएको बताए। 

‘पुनर्वास र भीमदत्त नगरपालिकामा क्रमशः रु ६० र ५० लाख बजेट आएको छ’, वरिष्ठ पशु विकास अधिकृत खड्काले भन्नुभयो, ‘अन्य पालिकाका लागि रु ४० लाख बजेट छ।’ उनले सम्भावना देखिएका पशुपन्छीको उत्पादनका क्षेत्रलाई विशेष क्षेत्रका रूपमा निर्धारण गरी व्यावसायिक कृषिको विकास गर्ने लक्ष्य अनुसार यो कार्यक्रम सञ्चालन गरिएको बताए ।  रासस

Couple
Loading...