गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को ‘राजाको हात्ती’ सार्बजनिक

काठमाडौं, १७ असाेज- गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगितीक कोसेली ‘राजाको हात्ती’ सार्बजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती’ लाई आज नयाँ नयाँ न्यून नेपाल युटुब च्यानलबाट सार्बजनिक गरेका हुन् ।

Ganyapdhura gau

मार्मिक शब्दले सजिएको गीतको शब्द देवदुतले आफैले लेखेका हुन् भने गीतमा चर्चित गायक दिनेश गौतम र भारतीय चर्चित गायिका अनु सिंहको स्वर दिएका छन् । लामो समय युरोप पलायन भएका गौतमले नेपाल फर्केलगत्तै आफ्नो सांगीतिक यात्रालाई अगाडी वढाएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाली परिवेशको यथार्थ बिषयबस्तु समेटिएकोले गीतले चर्चा कमाउने देवदुतको विश्वास छ । गीतमा आफ्नी प्राण प्यारी श्रीमतीलाई छाडेर प्रवास जानुको पीडा र वाध्यतालाई जस्ताको तस्तै प्रस्तुत गर्न खोजिएको छ ।

गीतकै माध्यमबाट भएपनि पैसाकै लागि प्रवास जानु नपरोस्, परिवारसँग टाढा भएर अधुरो जिन्दगी बाच्न नपरोस् भन्ने सन्देश गीतले दिएको छ । यसका अलवा गीतले मुनामदनसँगको सम्बन्धलाई समेत जोड्दै मदनको भूमिकामा मुकुन भुषाल र मुनाको भूमिकामा श्रृष्ठि खड्काले अभिनय गरेका छन् । यस्तै कलाकार लोकमणी सापकोटा, रचना लामिछाने र शारदा गिरीले साथ दिएका छन् ।

गीतले मदन लासामा पैसा कमाउन गएको सन्दर्भलाई समेत समेट्दै अब कोहि नेपालीहरुले पनि त्यस्तो अवस्था भोग्नु नपरोस् भन्दै घर फर्क मदन अभियान समेत सञ्चालन गरेको गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ। गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने प्रिन्स डेनियलले निर्देशन गरेका हुन् ।

शिक्षण पेशा र बैंकिङ क्षेत्रमा करिअर अगाडी वढाईरहेका देवदुतले ‘राजाको हात्ती’ बाट दर्शकको प्रतिक्रिया बुझेर अन्य नयाँ गीतहरु समेत क्रमश बजारमा ल्याउने तयारी समेत गरेका छन् । देबदुत जागीरकै सिलसिलामा २ बर्ष धनगढी समेत बस्नु भएको थियो ।

Loading...