अत्तरियामा सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा जी बब र हिमाल सागरले तताए माहोल

अत्तरिया- अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा चर्चित र्‍यापर जी बब र गायक हिमाल सागर लगायतका कलाकारहरूको प्रस्तुतिले दर्शकलाई उत्साहित बनाएको छ ।

आइतबार सम्पन्न कार्यक्रममा गायिका अन्जु कुश्मी, भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए । शनिबारका लागि तय गरिएको र्‍यापर जी बबको प्रस्तुति मौसम खराबीका कारण स्थगित भएको भए पनि आइतबार उनी उपस्थित भई दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

टिकट व्यवस्थापन संयोजक छविन्द्र नाथ योगीका अनुसार महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइँचो बढ्दै गएको छ । हालसम्म २४ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन् ।

आयोजकका अनुसार सोमबार महोत्सवमा नायक प्रभात पाल ठकुरी, गायक रामजी खाँड, गायिका अस्मिता अधिकारी, लक्ष्मी नेपाली, डान्सर साबिता लामा लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ ।

Loading...